arrow

विद्यार्थी सहयोगका लागि १५ लाख संकलन अभियान

logo
कौरव खत्री,
प्रकाशित २०७३ पुष ११ सोमबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी। गुल्मीको एक विद्यालयले अक्षयकोष  स्थापनाको लागि आर्थिक संकलन  अभियानलाई तिव्रता दिएको छ । कुर्घा गाविस वडा नं. ७ गुर्जाङ्गमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हाल सम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट  कुल १५ लाख संकलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए ।
 
विद्यार्थीहरुको लागि निःशुल्क रुपमा दिवा खाजा,पोशाक र कपि पेनको  सुविधा र सहयोग गर्ने लक्ष्य सहित विद्यालयले  ३० लाखको अक्षयकोष स्थापना  गरि विद्यार्थीहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ अभियानको सञ्चालन  गरिएको विद्यालयका  प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।
साथै प्रधानाध्यापक शर्माले अक्षयकोष मार्फत उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक संकलन अभियान जारी राख्ने समेत बताए ।
 
साथै प्रधानाध्यापक शर्माले भने  सानो विद्यालय भएर पनि यस्तो कार्य  जिल्लामा कहि कतै आफूले नसुनेको र नदेखेको हुदा यो जिल्लाकै नमूना कार्य भएको दावी समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ