arrow

साइकल र्यालीमा नम्रतादेखि अशिष्मासम्म

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Ashishma.jpg.jpeg
काठमाडौं । साइकल चढौं, वातावरण जोगाऔं भन्ने नाराका साथ रोजी मल्टिपल विजनेस प्रालिले शनिबार काठमाडौमा निकालेको साइकल र्‍यालीमा नेपाली फिल्म क्षेत्रमा आबद्ध सेलिब्रेटीहरुले पनि सहभागिता जनाएका छन् । 

विज्ञान प्रविधि तथा वातावरण मन्त्री विशेन्द्र पासवान, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल लगायतका सरकारी अधिकारीको समेत सहभागिता रहेको ¥यालीमा नम्रता श्रेष्ठ, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, मलिना जोशी, शिल्पा पोखरेल लगायतका नायिका सहभागी थिए । 

नाकाबन्दीका कारण इन्धनको आपूर्ति असहज भएका बेला साइकल चढ्न आव्हानसहित र्‍याली निकालिएको ¥याली धुम्बाराहीबाट सुरु भई नारायणगोपाल चोक हुँदै प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभावका बेला पनि पेशाकर्मी र जनताबाट राष्ट्रियताको पक्षमा एकता भएकाले राष्ट्रियताविरुद्ध कुनै सम्झौता नगर्ने बताए। प्रधानमन्त्रीको मन्तव्यपछि  र्‍याली भाटभटेनी, नक्साल, दरबारमार्ग, कमलादी, ज्ञानेश्वर, गौशाला हुँदै पुनः धुम्बाराही  पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ