arrow

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको वीरगञ्जमा बयान शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
ravi-bhairahawa4-sarkari-wa.jpg
तस्बिर – फाइल ।

पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिन थालेको छ । 

कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् । 

सोमबार साँझ वीरगञ्जमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार उनको रक्तचाप १६०–११० मापन गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएर बयान थालिएको हो । 

उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।
 
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । 

त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइन लागेको हो । 

रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ