झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार भएका महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो बढी तौलमा वसन्ती बुढामगरले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा पूर्वाञ्चलका दिलन राईले स्वर्ण पदक प्राप्त गरे । स्पाइरिङअन्तर्गत महिलातर्फ ४६ किलोदेखि ५० किलो तौलमा मध्यमाञ्चलका पूजा खुलाल मगरले रजत तथा मध्यमाञ्चलकै सुशीला गुरुङ र सुदूरपश्चिमाञ्चलका पूजा शाहीले कास्य पदक प्राप्त गरे ।
५१ किलोदेखि ५५ किलोतर्फ पश्चिमाञ्चलका शर्मिला महतले रजत तथा सशस्त्र प्रहरीका सञ्चीता लामा र मध्यमाञ्चलका श्वेता राईले कास्य पदक प्राप्त गरे ।
यसैगरी ५६ किलोदेखि ६० किलो तौलमा मध्यपश्चिमाञ्चलका मेनुका बुढामगरले रजत तथा सुदूरपश्चिमाञ्चलका सविना उराउ र पश्चिमाञ्चलका सीमा खासुले काश्य पदक जिते ।
६१ किलोदेखि ६५ किलो तौलमा पश्चिमाञ्चलका उमिसा घर्तीमगरले रजत तथा मध्यपश्चिमाञ्चलका किरण यादव र मध्यमाञ्चलका उमा घलेले काश्य पदक जिते ।
६५ किलो बढी तौलमा पूर्वाञ्चलका अनामिका राईले रजत तथा पश्चिमाञ्चलका कामना पुन र सुदूरपश्चिमाञ्चलका सुजता सिजापतीले काश्य पदक जिते ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा सेनाका गेदबहादुर बस्नेतले रजत तथा पश्चिमाञ्चलका राजन रसाइली र मध्यमाञ्चलका निमेश थापाले काश्य पदक जिते । रासस