arrow

भ्रष्टाचार गर्ने जो कोही भए पनि मुख नहेर्ने

प्रचण्ड भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको ओलीको आरोप [भिडियो]

जतिसुकै भ्रम पैदा गरे पनि सहन गरेर बसिरहने, माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
kp-oli-09-30.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमको खेती गरिरहेको बताएका छन् । शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरूलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाए । उनले नराम्रा कामहरूको नेतृत्व (माओवादी केन्द्र) का अध्यक्ष दाहालले गरिरेको बताए ।

उनले (माओवादी केन्द्र) नेकपा एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताए । उनले आफू जतिसुकै भ्रम पैदा गरे पनि सहन गरेर बसिरहेको बताए । झुटको खण्डन गरेर आफूहरू अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उनको अठोट थियो । अध्यक्ष दाहाल भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताए । नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको बताए । 

उनले भने, ‘माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरूलाई दुःख दिने कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरू जति प्रचण्ड महोदयले नराम्रा कामहरूको नेतृत्व गरिरहेको छ । उनीहरुको गिरोह सक्रिय छ । अरू होइन, नेकपा एमालेका विरुद्ध सक्रिय छ, त्यसमा पनि मेराबिरुद्ध सक्रिय छ । म शिवजीले विष सेवन गरेर कहिले गोसाईंकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता । म यहीँ काठमाडौँ बसिबसी, पिइ पनि दिन्छु, पचाइ पनि दिन्छु । जसले जे जे फैल्याए पनि त्यसको खण्डन गरेर जाने हो । झुटसँग हामी कहिले पनि टेर्दैनौँ । झुटलाई पराजित गरेर जाने हो । कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने, जे होस् । हाम्रा विरुद्ध लड्न सक्दैनन्, भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने ? मान्छेका मनबाट आस्था कसरी हटाउने ? यिनीहरूलाई परेको पीर के हो भने नेकपा एमाले स्थापित भयो, नेकपा एमालेको अध्यक्ष स्थापित भयो, त्यस कारणले यिनीहरूलाई पीर परेको हो । आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि ।’ 

अध्यक्ष ओलीले देशमा कानून रहेको र कानूनको राज देशमा बनाएर छोड्ने बताए । देशमा भ्रष्टाचारको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्ने जो कोही भए पनि मुख नहेरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ