arrow

राष्ट्रिय खेलकूद : यस्तो छ फुटबलको सेमिफाइनल भिडन्त

मध्यपश्चिम र सुदूरपश्चिम पनि बाहिरियो

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबल सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ख’का अन्तिम दुई खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

धरानस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा गोलरहित बराबरी खेलेका त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले सेमिफाइनल पुगे । आर्मी समूह विजेता र एपीएफ समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

समूहको अन्तिम खेलमा मध्यपश्चिमलाई २–१ ले हराएको सुदूरपश्चिमको यात्रा लिग चरणमै सकियो । सुदूरपश्चिमलाई जिताउन मनिराम चौधरी एक्लैले दुई गोल गरे । मध्यपश्चिमका दिपक सिंह ठकुरीले एक गोल फर्काए ।

समूह ‘क’बाट पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । पुलिस समूह विजेता र मध्यमाञ्चल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
सेमिफाइनल भिडन्त
दिउँसो १२ बजेपछि सुरु हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । यस्तै, दिउँसो २ बजेपछि हुने अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र मध्यमाञ्चल आमुन्ने सामुन्ने हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ