arrow

चिसो छल्न विपन्न समुदायलाई न्यानो कपडा सहयोग

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ पुष ३ बुधबार
mugu-nyano-kapada.jpg

मुगु । चिसोले कष्टकर दिन कटाइरहेका मुगुका दलित बस्तीका नागरिक र विद्यार्थीहरुलाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ ।

काठमाडौँ नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिवकुमार पन्तको सहयोगमा र मुगु जिल्लामा कृयाशील संचारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउका दलित समुदायसँगै उक्त गाउँमा रहेको नमूना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु सहयोग गरिएको हो । 

फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्ती र दुई विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । फजुल खर्च नगरी त्यो पैसा बचत गरेर समाजसेवी शिवकुमार पन्तले मंगलबार मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा पुगी १ सय २८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती र लापुमै रहेको नमूना आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन् । 

काठमाडौं नागार्जुन बस्दै आएका शिवकुमार पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विषय विभिन्न सञ्चारमाध्यमा आएपछि आफ्नो ध्यानाकर्षण भएको र आफू लगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरुका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी साम्रगी सहयोग गरिएको हो ।
 
‘स्व हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशीर्वादले विकट दलित बस्ती तथा  विद्यालयहरुमा सहयोग गर्न पाउँदा  खुशी छु । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छु’, उनले भने । 

यसअघि पनि मुगुको लापु बस्तीमा सहयोग गरेको बताउँदै समाजसेवी पन्थले यो पटक पत्रकार नन्दबहादुर रोकायाको समन्वयमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा १ सय २८ जना विद्यार्थी र नमूना आधारभुत विद्यालय लापुमा ३० जना विद्यार्थी र लापु गाउँमा ३० घरधरीलाई कम्बल वितरण गरी सहयोग गरेको समाजसेवी पन्तले बताए । 

उनले मुगु जिल्लासहित देशभर रहेका अझै विकट बस्ती र विपन्न समुदायसम्म पुगेर उनीहरुलाई  निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आर्थिक अवस्था कमजोर भएका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापु गाउँबासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । 

जाडोको सिजन शुरु भएको छ । लत्ताकपडा किन्ने पैसा नभएका बेला मनकारी भावना बोकेका पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेको स्थानीय गोरा विकले बताए । 

नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलका प्रधानध्यापक विकास भामका अनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटो जाने गरेका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको थियो । न्यानो कपडा प्राप्त भएसँगै चिसो छल्न सहज हुने उनले बताए । 

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु चिसो मौसममा न्यानो कपडा नहुँदा समस्यामा भएको र अब उनीहरुलाई सहज भएको प्रधानध्यापक भामले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ