arrow

बन्द र नाकाबन्दीले यातायात क्षेत्र सङ्कटमा परेको गुनासो

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
news_naka_birgunja.jpg.jpeg
लुम्बिनी (रुपन्देही) । विगत चार महिनादेखिको लगातारको बन्द हड्ताल तथा भारतले गरेको अघोषित नाकाबन्दीका कारण यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति रुपन्देहीको २७ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा बोल्ने यातायात व्यवसायीले लगातारको बन्द र अघोषित नाकाबन्दीका कारण पर्याप्त मात्रामा इन्धन पाउन नसक्दा यातायात क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गरे । 
 
सो अवसरमा पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले नाकाबन्दी तथा आन्दोलनका कारण यातायात सञ्चालनका लागि इन्धनको सहज व्यवस्था हुन नसकी व्यवसायी मारमा परेको बताउनुभयो । लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेत, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा, रुपन्देही उद्योग व्यपार सङ्गठनका अध्यक्ष खिमबहादुर खत्रीलगायतले चार महिनादेखिको बन्द, हडताल र नाकाबन्दीले धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । 
 
यसैबीच, समितिले साधारणसभाको अवसर पारेर खेलाडी, पत्रकार तथा व्यवसायीलाई सम्मान गर्‍यो । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने फूटबलका विमल घर्तीमगर, गौरब बुढाथोकी, सोजित गुरुङ र दोण थापा, पत्रकारिताको माध्यमबाट यातायात क्षेत्रको विकासमा टेवा पु¥याउने पत्रकारद्वय दिपेश पछाई र शारदा मल्ललाई सम्मान गरियो । त्यसैगरी, यातायात व्यवसायी दीलबहादुर ढुङ्गाना, भुवन बराल, जीवन बन्जाडे, रुमाखर गौतम र रवीन्द्रमान श्रेष्ठ सम्मानित पनि हुनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ