arrow

सर्केगाडमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
nepal-telecom-ntc-tower.jpg
फाइल तस्बिर

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध भएसँगै पालिकाको केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।

सर्केगाड-५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आएका गेटबहादुर थापाले बताए । 

उनले भने, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्तसँग कुरा गर्न पाएको छैन, सर्केगाडसहित आसपासका सेवाग्राही पनि प्रभावित बनेका छन् ।”

टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका स्थानीय छवि थापाले बताए । 

टेलिफोन सेवा अवरुद्ध हुँदा सर्केगाड-१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही सञ्चार सम्पर्कबाट बञ्चित भएका उनले जानकारी दिए ।

अवरुद्ध भएको टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका भन्दै फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या भएको थापाले उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ