arrow

सुरक्षा निकायदेखि जनप्रतिनिधिको मिलेमतोमा सीमामा चौपाया तस्करी

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ पुष ७ आइतबार
bufallo-taskari-parsa.jpg
तस्बिर – जगरनाथपुरको पशु बजार ।

वीरगञ्ज । सीमा सुरक्षा गुल्म सुवर्णपुर र ईलाका प्रहरी कार्यालय ठोरीको संयुक्त मिलेमतोमा पर्साको पश्चिमी ग्रामिण भेगबाट चौपाया तस्करी बढेको छ।

ठोरी गाउँपालिका वडा नं ४ स्थित विजयबस्ती र जगरनाथपुर गाउँपालिकाको जगरनाथपुरमा हरेक आइतबार र बिहीबार पशु बजार लाग्ने गरेको र त्यहाँबाट हरेक हप्तामा दुई पटक १० वटा ट्रकमा राँगा, भैंसी र बाख्रा लोड गरी काठमाडौँ, पोखरा र चितवन पठाउने गरिएको छ ।

सीमापारी रहेको भारतीय सीमा सुरक्षा बलको सहयोगमा कुख्यात भारतीय तस्कर महादेव यादवले नेपालमा चाहिने राँगा भैंसी सीमामा उपलब्ध गराउने र त्यसलाई नेपालको सीमा नाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर नेपाल भित्र्याई स्थानीय जनप्रतिनिधिको सिफारिसमा देशका विभिन्न ठाउँमा पठाउने गरिएको हो । 

सो काममा विजयबस्तीमा हरि सिलवाल र जगरनाथपुरमा सो गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँका छोरा जाफिर संलग्न रहेको सुरक्षा स्रोतले बताएको छ ।

सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बीसी र इलाका प्रहरी कार्यालय ठोरीका रञ्जित लामाले प्रति खसी बोका रु पाँच सय र प्रति राँगा भैंसी रू एक हजारको दरले रकम लिएर आफ्नो इमान बेच्दै आएकोसमेत स्रोत बताउँछ । 

खुलेआम तस्करी हुँदासमेत जिम्मेवार निकाय मौन बस्दा नै मिलेमतोमा अवैध काम भइरहेको स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ