arrow

रवि लामिछानेमाथि मुद्दा दर्ता हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
ravi-arrest-pokhara-81-7.jpg

पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदैछ ।  

सहकारी ठगी प्रकरणमा  गत कार्तिक २ गते पक्राउ परी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागेको हो ।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । 

चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । 

कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आजसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ । 

आज मुद्दा दर्ता भएन भने उनले सफाइ पाउने छन् । मुद्दा दर्ता भए उनलाई हिरासतमै राखेर कारबाही प्रकिया अगाडि बढाउने कि तारेखमा राखेर गर्ने भन्ने निर्णय अदालतले गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ