arrow

राष्ट्रिय खेलकूदकाे पुरुष फुटबल : एपीएफ फाइनलमा

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा भएको सेमिफाइनलमा अर्को विभागिय नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपीएफ फाइनलमा पुगेको हो । एपीएफलाई विजयी गराउन खेलको अतिरिक्त समयमा युवराज खड्का र नविन लामाले गोल गरे ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । समूहको अन्तिम खेलमा त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनलमा पुगेको एपीएफले अब फाइनलमा आर्मी र मध्यमाञ्चलबीचको विजेतासँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ