arrow

गोल्डमेडल थुपार्दै विभागिय टिम

भलिबल : पुरुषमा आर्मी, महिलामा एपीएफ च्याम्पियन

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकूदका सबै जसो स्पर्धामा विभागिय टोलीकै दबदबा छ । मेडल बटुल्नेमा विभागिय आर्मी सबैभन्दा अघि छ ।

इटहरीमा भएको पुरुष भलिबलको स्वर्ण पनि त्रिभुवन आर्मी क्लबले नै जितेको छ । फाइनलमा अर्को विभागिय सशस्त्र प्रहरी बल एपीएफलाई सोझो सेटमा हराएर आर्मीले उपाधी जितेको हो ।

यस्तै, नेपाल पुलिसले कास्यमै चित्त बुझाएको छ । कास्य पदका लागि पश्चिमाञ्चलले नखेल्ने जनाएपछि वाक ओभरमा पुलिसलाई कास्य परेको हो ।

यस्तै, आर्मीले बास्केटबलको स्वर्ण पदक पनि जितेको छ । धरान–१८ स्थित डिपो उच्च माध्यमिक विद्यालयको बास्केटबल कोर्टमा बुधबार भएको फाइ्नलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० को अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो ।

यस्तै कास्य पदक पश्चिमाञ्चलले जित्यो । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ स्कोर अन्तरले पछि पार्दै  कास्य पदक हात पारेको हो ।

महिला भलिबलको स्वर्ण एपीएफलाई
राष्ट्रिय खेलकूद अन्तर्गत महिला भलिबलको स्वर्ण सशस्त्र प्रहरीको एपीएफले जितेको छ । फाइनलमा मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ को सेटले पछि पार्दै एपीएफले स्वर्ण जितेको हो ।



नयाँ