सहकारीको रकम ठगीमा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
913
Shares
काठमाडौँ । सहकारीको रकम ठगी आरोपमा भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम पक्राउ परेका छन् । बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा नियन्त्रणमा लिइएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताएका छन् ।
उनलाई आइतबार सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो । यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
साई स्वागत सहकारीकी पूर्व उपाध्यक्ष निकिता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी हुन् । जसले गर्दा यो लहरो पनि ठूलै रहेको बुझिन्छ ।