arrow

खुलेन संसदको 'जाम', सुनेन विपक्षीले

सभामुख भन्दै थिइन्–कार्यसूचीमा रहेका विषय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने भएकाले.........

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं  । एमालेसहित विपक्षी ९ दलले फेरि पनि संसद बैठक अवरुद्ध गरेका छन् । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा यसअघिकै संविधान संशाेधन विधेयक, निर्वाचन सम्बन्धि विधेयक र लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावबारेको छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मुख्य तीन दलको वुधबार बसेको बैठकमा प्रमुख विपक्षी एमालेले निर्वाचन र महाभियोगबारेको छलफल हुन दिने जनाउ दिएको थियो । यद्यपि, सरकारले संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने कार्यसूची नराखेको भन्दै विपक्षीले सदन चल्न नदिएका बताइएको छ ।

सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेसहितका विपक्षी दलले फिर्ता लिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् । हालसम्म ८ वटा बैठकहरू अवरुद्ध भएका छन् । यस्तै, ३ वटा बैठक सूचना टाँस गरेरै स्थगित भए ।

विहिबारको बैठक बस्ना साथ एमाले सांसद वैद्यनाथ चौधरीले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव पहाड र तराई छुट्टाउने रणनीति अनुसार आएको भन्दै संसद बैठक चल्नै सक्दैन भने । सांसद चौधरीको विरोध टुंगिन नपाउँदै विपक्षी सबै सांसदहरु आसनबाट उठेर विरोध गरे ।

२ सय बढी सांसद रहेको विपक्षी गठबन्धनलाई सभामुख ओनसरी घर्तीले कार्यसूचीमा रहेका विषय प्रक्रियामा टुंगो लगाउनुपर्ने भन्दै अवरोध नगर्न बारम्बार आग्रह गर्दा नसुनेपछि बैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरेको सूचना सुनाईन् ।

प्रमुख तीन दलको बैठकमा विपक्षी एमालेका नेताले संविधान संशोधन विधेयक थाती राख्ने शर्तमा निर्वाचन विधेयक र महाभियोगबारेको छलफलका लागि सदन खोल्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ