arrow

दरबन्दी नहुदाँ पठनपाठनमा समस्या

logo
राजेश वली,
प्रकाशित २०७३ पुष १४ बिहिबार
tulsipur-school.jpeg
तुलसीपुर ।  दाङको तलसीपुर ९ मा रहेको श्री सरस्वती चौतारा आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पढाई हुन थालेको ८ वर्ष भयो । राम्रै अङ्क ल्यायर बिद्यार्थी पनि उतिर्ण भएका छन । तर त्यहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरबन्दी पठाएको छैन् । जसले गर्दा पठन पाठनमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक पेशल सिं डि.सीले बताए ।
 
 बिक्रम सम्बत २०६६ सालदेखि निमाबि  पठाई सुरु भएको हो, जिल्ला शिक्षा कार्यालयले अस्थायी अनुमति दिएको छ, तर अझै दरबन्दी पठाएको छैन् ।’ अहिले निजी शिक्षकहरुले निमाबि पठन पाठन गराई रहे पनि तलब खुवाउन समस्या हुने गरेको उनले बताए । 
 
बिद्यालयका  प्रधानाध्यापक सिं डि.सीका अनुसार निमावि तहमा १ जना पनि स्थाई शिक्षक छैन्न,त्यस्तै प्राबि तहमा ४ जना स्थायी शिक्षक छन् । तर विद्यालयमा ४ जना शिक्षकहरु निजी स्रोतमा अध्यापन गराउदै छन् । निजी स्रोतमा रहेका शिक्षकहरुका लागी तह अनुसार भन्दा निकै कम पारीश्रमिकमा काम लगाउँदा पनि उनीहरुका लागि बार्षीक करिब ५ लाख खर्च आवश्यक पर्छ । विद्यालय सञ्चालनका लागि आवश्यक उक्त रकम जुटाउन हाल आएर विद्यालय प्रशासनलाई निकै कठिन भएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र बहादुर डागीले जानकारी दिए । 
 
आधारभुत बिद्यालयका मा हालसम्म १ धुर पनि जग्गा र आयआर्जनको त्यस्तो कुनै स्रोत छैन । विद्यालय एैलानि जग्गामा छ । बन, समुदाय र बिभिन्न योजनाबाट केही रकम बचाएर निजी स्रोतका शिक्षकहरुका लागि तलवको जोहो गरिदै आएको महालक्ष्मी सामुदायिक बन उपोभक्ता समुह तुलसीपुर ८,९ का अध्यक्ष तारा प्रसाद देबकोटाले जानकारी दिए । विद्यालयमा ४ जना शिक्षकहरु निजी स्रोतबाट व्यवस्थापन गर्नुपर्ने अबस्थाले निकै समस्या उत्पन्न भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ