सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित बसपार्कमा बसले किच्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जलकन्या ४ चपौलीका अन्दाजी ३५ वर्षिय राजु आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विपि यातायात सेवा सकितिको ना ४ ख ११३३ नम्वरको बसले किच्दा आचार्यको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि बस चालक फरार रहेको र खोजि कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।
मृतक आचार्य सिन्धुलीमाढीमा चलिरहेको सिन्धुली महोत्सव अवलोकन गर्न आएको परिवारको भनाई छ । मृतकको परिबारले १० लाख क्षतिपुर्तिको माग गरेको छन् यदि उचित क्षतिपुर्ति नदिएमा बिपी राजमार्ग अबरुद्ध गर्ने चेताबनी दिएका छन ।
मृतकको लास पेस्माटनको लागी जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरी निरीक्षक पनेरुले जानकारी दिए ।