कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
2.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
दुई ध्रुवका पार्टीका प्रमुखहरुबीचको भेटलाई अर्थपूर्ण रुपले लिइएको छ ।