arrow

विश्वविद्यालयको सम्पत्ति बाँडचुँड गर्ने परिपाटीको अन्त्य गर्न प्रचण्डलाई राष्ट्रपतिको सुझाव

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
sheetal_niwas.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षणका लागि सरकारलाई गम्भीर बन्न सुझाव दिएकी छिन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले सो सुझाव दिएकी हुन् । 
 
राष्ट्रपति भण्डारीले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिनेजस्ता कार्य रोक्नुपर्ने भन्दै भौतिक सम्पत्तिको उपयुक्त रुपमा संरक्षण र उपयोग गर्ने योजना बनाउन आवश्यक रहेको बताएको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । 
 
नयाँ विश्वविद्यालय खोल्दा पुराना विश्वविद्यालयको सम्पत्ति बाँडचुँड गर्ने परिपाटीको अन्त्य गर्दै नयाँ विश्वविद्यालयलाई भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने पनि उनले बताइन् । 
 
 
त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोहको अवसर पारेर भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाको शैक्षिक र भौतिक पूर्वाधारको विकासका लागि सरकार तयार रहेको बताएका थिए । 
 
भेटमा त्रिविका पदाधिकारीले विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रलाई बलियो बनाउन आवश्यक रहेको बताएको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ