arrow

आर्थिक अवस्था कमजोर भएका छात्रा साइकलमा सरर

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
cycle-student.jpeg
नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, बालबिवाहको उच्च जोखिममा रहेका, घरबाट विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई साइकल उपलब्ध गराइएको छ । 
 
माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो ।
 
यसअघि, सोही परियोजनाअन्तर्गत नेपालगन्जस्थित सरस्वती मावि र बर्दियाको महाकवि लक्ष्मीप्रसाद माविका विद्यार्थीलाई २०÷२० थान साइकल प्रदान गरिएको थियो । 
 
सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाले त्यहाँ आयोजित एक कार्यक्रममा दुई माविका छात्रालाई साइकल हस्तान्तरण गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ