arrow

रवि लामिछानेलाई अदालत लगिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
ravi-ktm-court.jpg

काठमाडौँ । सहकारी ठगीका आरोपी पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा लगिँदैछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज पुनः अदालतमा पेश गर्ने गरी हिजो प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनलाई प्रहरीले न्यायिक हिरासतमा लगिएको थियो ।

अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिए पनि थुनछेक बहस शुरू नभएपछि आज अदालतमा उपस्थित गराउने सर्तमा न्यायिक हिरासतमा राख्ने आदेश दिइएको थियो ।

लामिछानेविरुद्ध काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।  उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

अदालतले कास्की जिल्ला अदालतझैँ धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने छन् । 

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर कास्कीबाट छुटेका थिए । 

जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

 उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा बयान भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ