सत्ताबाहिर भएपछि समाजवादी मोर्चा सक्रिय, कार्यदलको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सत्तामा छँदा गुमनाम जस्तै हुने वामपन्थीहरुको समाजवादी मोर्चा सत्ता बाहिर भएपछि फेरि सक्रिय भएको छ ।
वामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् ।
जसका लागि चार दल आवद्ध समाजवादी मोर्चाको कार्यदलको बैठक मङ्गलवार बस्ने भएको छ ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार मोर्चाको कार्यदलको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कार्यदलमा श्रेष्ठसहित नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
सो कार्यदलले प्रतिवेदन तयार पारेपछि बुधबार भने मोर्चाका शीर्ष नेताको बैठक बस्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।