arrow

आमासँगै चार वर्षीया बालिका थुनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
karagar-parbat.jpg

पर्वत । जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छन् । 

झोलामा कापी-कलम बोकेर विद्यालय जाने उमेरमा एनी मोक्तान यतिबेला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छन् । 

मकवानपुरको कैलाश गाउँपालिका-४ घर भई हाल कुश्मा नगरपालिका-७ खरेहा बस्दै आएकी एनी आमा रोशनी नेपालीसहित गत असोज ७ गतेदेखि कारागारमा रहेकी छन् । 

आमा रोशनी लागुऔषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण उनी पनि कारागामा बस्दै आएकी हुन् ।

एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएकोे आमा २७ वर्षीया रोशनीले बताइन् । 

रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए । 

एनीको घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोही नभएका कारण आमा रोशनीले आफूसँगै राख्दै आएको जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले बताए । उक्त मुद्दाको हालसम्म फैसला हुन नसकेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ