arrow

साहित्यिक सङ्ग्रहालयका लागि ३ लाख सङ्कलित

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
sahitya.jpg.jpeg
काठमाडौँ। साहित्यिक सङ्ग्रहालय स्थापनाका लागि आयोजना गरिएको ‘काव्य सप्ताह’मा करिब  तीन लाख सङ्कलन गरिएको छ । ‘कपन–बानेश्वर साहित्यिक साप्ताहिक’ले यही पुस ९ गतेदेखि १५ गतेसम्म रामहिटी साहित्य सदनमा आयोजना गरेको उक्त कार्यक्रममा ५० कविले एकल वाचनका रुपमा दर्जनौँ कविता र सय जनाले एक एक कविता वाचन गरेका थिए । 
 
बिहान १० बजेदेखि ४ बजेसम्म गरिएको कार्यक्रममा रामबहादुर पहाडी, वेदमणि घिमिरे, विजय चालिसे, चट्याङ् मास्टर, डा रामप्रसाद ज्ञवाली, बाजुराम पौडेललगायतले कविता वाचन गरेका थिए । समापन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले साहित्यिक गतिविधिका माध्यमबाट पनि समाजसेवा गर्न सकिने विचार व्यक्त गरे । 
 
सांसद रामेश्वर फुयाँल र पेमा लामाले आफूहरुले स्थानीय क्षेत्रको पूर्वाधार तथा विकास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय कपनमा साहित्यिक सङ्ग्रहालय स्थापना गर्नका लागि गरिएको सो कार्यक्रम अनुकरणीय रहेको विचार व्यक्त गरे। 
 
कार्यक्रम आयोजक संस्थाका संयोजक निबन्ध आचार्यले सङ्कलित रकमाबाट साहित्यिक सङ्ग्रहालय निर्माणका लागि थप हौसला मिलेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ