arrow

सहकारी ठगीमा रविको थुनछेक बहस जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
ravi-ktm-court.jpg

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षका दुई  वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।

सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । उनी सोही दिन हाजिरी जमानीमा रिहा भएका थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो । 

उनी बिहिवार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन । आज थुनछेक बहस टुंगिने अनुमान गरिएको छ । 

बुटवलको सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । 

गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवलपछि उनले चितवन र पर्सा जिल्ला अदालतमा बयान दिन जान बाँकी नै छ । 

ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ