arrow

तीन पार्टीको ताल

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
three-party-top-leader-at-jtucc-program-04-520x224.jpg.jpeg
काठमाडौं । मुलुक नाकाबन्दी र आन्दोलनले आक्रान्त भईरहेका बेला प्रमुख दलहरु भने नाकाबन्दी भन्दा फरक विषयमा व्यस्त छन् । आन्दोलन गरिरहेको मधेशी मोर्चा र नाकाबन्दी लगाईरहेको भारतसंग राजनितिक तथा कुटनितिक पहल गर्नुको सट्टा दलहरुले आन्तरिक छलफलमा व्यस्त भएका हुन् । 
 
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई केहीदिन देखि पार्टीका कार्यक्रमहरुमा भाषण गर्न भ्याई नभ्याई छ भने एमाओवादीका नेताहरु पनि पार्टीका झमेलामा अल्झीएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पनि पटक पटक सार्दै टार्दै आईरहेको महाधिवेशन सम्पन्न गर्नै पर्ने तनाव परेको छ । 
 
प्रधानमन्त्री ओलीले आज पार्टीका सभासद्हरुसंग छलफल गर्न लाग्नु भएको छ । एमाओवादीको भने आज केन्द्रीय कमिटिको बैठक तय भएको छ । पार्टीका नेता नेताहरुले फरक मत सहित अध्यक्ष पुष्पकमल दाहालको भूमीका र क्षमता माथी नै प्रश्न उठाएपछि एमाओवादीमा पनि चर्का चर्की भईरहेको छ । 
 
नेपाली काँग्रेसमा भने आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्नै पर्ने बाध्यता जति पेचिलो छ, पार्टीको क्रियाशिल सदस्यता संवन्धी विवाद पनि मर या गरको अवस्थामा रहेको छ । सदस्यता संवन्धी विवाद तत्काल नटुङग्याई सुख्खै छैन, तर तत्काल टुङीने छाटकाटपनि छैन । त्यसैले काँग्रेसलाई आफ्नै घरायसी समस्याले च्यापी रहेको छ । 
 
यसरी प्रमुख दलहरु नाकाबन्दी खुलाउन भारतसंग पहल गर्ने र आन्दोलन अन्त्य गर्न मधेशी दलहरुस.ग छलफल गर्ने भन्दा पनि आ आफ्नै आन्तरिक मामिलामा अल्झीदा जनताको चुलो पुनः बल्ने बातावरण तत्काल बन्ने संकेत देखिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ