arrow

दक्ष जनशक्ति विदेश पलायन, राज्यको दोष : प्रदीप पौडेल

राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी भएन

logo
निर्मल अर्याल,
प्रकाशित २०७३ पुष १७ आइतबार
denmark-news.jpeg
डेनमार्क  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय राजनीति समाधान तथा योजनामुखी नभएकै कारण ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले दक्ष जनशक्ति विदेश पलायन हुनुमा राज्यको दोष रहेको जिकिर गरे ।  
 
 नेपाली जनसम्पर्क समिति डेनमार्कले कोपनहेगनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  केन्द्रीय सदस्य पौडेलले राजनीतिक नेतृत्वले युवाहरुको समस्या नबुझ्नु गम्भीर भूल भएको बताए । राजनीतिक स्थायीत्वको अभावमा मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरेपक्षता विरोधीहरुको आवाज बुलन्द भइरहेको भन्दै पौडेलले समयमै सचेत हुन राजनीतिक नेतृत्वलाई आग्रह गरे ।
 
 विगतमा प्राप्त उपलब्धीहरुमाथि यसरी नै धावा बोलिने हो भने लोकतन्त्र नै समाप्त हुन सक्ने भनाइ पौडेलले व्यक्त गरे। जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, जन सम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य लगायतका  वक्ताहरुले नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई जस्तो सुकै समस्याको निकास दिन सक्ने धारणा राखेका थिए । पार्टीले जनसम्पर्क समितिहरुको भूमिका बढाउँदै लैजानु पर्ने सुझाव उनिहरुले व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ