arrow

लुटेरा लखेट्न जाँदा गोली प्रहार, एक घाइते

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
goli-chalyo.jpg.jpeg
म्याग्दी । म्याग्दीको दरवाङमा लुटेराले प्रहार गरेको गोली लागेर एकजना स्थानीय घाइते भएका छन् । दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहिने पाखुरा र ढाडमा गोली लागेका उनको जिल्ला अस्पताल, बेनीमा उपचार भइरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 
 
दिच्यामका जङ्गबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट भएको थाहा पाएपछि छिमेकी सबै मिलेर लुटेरालाई लखेट्न जाँदा लुटेराले गोली चलाएको स्थानीय दिनेश पुर्जाले बताए । लुटेराले चार राउन्ड फायर गरेका बताइएको छ ।  
 
लुटेराले जङ्गबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद  सात हजारसहित कुखुरा लुटेर लगेको प्रहरीले जनाएको छ । राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको र लुटेराको खोजीमा प्रहरी परिचालन भएको  प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ