पाँचथर। पाँचथरको फिदिममा जारी आठौ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आइतबारको खेलमा विर्तामोड यूनाइटेड फुटवल क्लव झापा विजयी वन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा यूनाइटेड फुटवल क्लवले शेयर फुटवल क्लव कालिपोङ भारतलाई ० का विरुद्ध ७ गोलको भारी गोलअन्तरले पराजित गरेको हो ।
झापाको तर्फबाट कर्ण लिम्वु एक्लैले खेल शुरु भएको १२ औ,२४,३८ औ र दोस्रो हाफको १६ औ मिनेटमा गरेर चार गोल गरेका थिए । यस्तै झापाकै तर्फ बाट रनजित श्रेष्ठले पहिलो हाफको २१ र ३५ औ मिनेटमा दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै झापाकै तर्फबाट पहिलो हाफको २७ औ मिनेटमा निशान खड्काले एक गोल गरेका थिए । खेल अवधिभर दवावमा परेको कालिम्पोङले भने जवाफमा एक गोल पनि गर्न सकेन् । खेलमा उत्कृष्ट प्रर्दशन गरेका झापाका कर्ण लिम्वुनै आजको खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोली हिमालयन शेर्पा क्लव काठमान्डौ र इलाभेन एरोज दुहवी सुनसरी वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।नेपाल भारत र भुटान गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ५० हजार रुपैया हात पार्ने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।