काठमाडौँ । सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार बेलुकी सम्पन्न फाइनलमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई टाइब्रेकरमा पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा संकटा ४–३ ले विजय भयो । उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ पाएको छ ।
बागमतीले १३ लाख जित्यो । विजेतालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कृत गरे ।
नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको नकआउट चरणमा सञ्चािलत प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।