arrow

बागमती प्रचार गर्न हमालको साईकल यात्रा

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
rajesh-hama.jpg.jpeg
काठमाडौं । पौष २४ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘बागमती’को प्रचारको लागि महानायक राजेश हमालले शनिवार साइकल यात्रा गरेका छन् । उनी किर्तिपुरबाट सुरु भई २० किलोमिटरसम्म चलेको साईकल ¥यालीमा सहभागी भए र अन्य सहभागीहरुसँगै ५ किलोमिटर बढीको यात्रा साईकलमै गरे । 

साईकल ¥यालीमा सहभागी तथा उपस्थित अन्य व्याक्तिहरुलाई हमालले रिलिज पश्चात हलमा पुगेर फिल्म हेर्नको लागी आग्रह गरे । सयौं फिल्ममा अभिनय गरिसकेका हमालले ’बागमती’ आम फिल्म भन्दा बिल्कुलै फरक बनेको र यसमा प्रयोग भएको प्रबिधी तारिफ गर्न योग्य रहेको भन्दै ’बागमती’ नेपाली फिल्म उद्योगमा कोशेढुंगा साबित हुने ठोकुवा पनि गरे ।

लायन्स क्लब अफ गोल्डेन टाउन र ईन्द्रायणी परिवार क्लब किर्तिपुरको संयुक्त आयोजना तथा ’बागमती’ फिल्मको प्रायोजनमा पर्यावरण पक्षमा तथा मानविय स्वस्थताको लागी साईकल प्रयोग गरौं जस्ता नारासहित सुरु भएको ¥याली किर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुँदै किर्तिपुर आएर सकिएको थियो । ¥यालीमा फिल्मकर्मी, पेशाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो । हमालसँगै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापित लगायतले पनि साईकलमै यात्रा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ