arrow

अलपत्र अवस्थामा रहेको जलजला क्याम्पसको काम सञ्चालन हुने

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
rolpa.jpeg
लिबाङ । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ । 
 
स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो । 
 
जलजला बहुमुखी क्याम्पसको आफ्नो स्वामित्वमा कुनै भवन नभएको अवस्थामा २०६७ साल भदौ ५ गते भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको प्राविधिक सहयोगमा भवन निर्माणका लागि निर्माण कम्पनी दिवा निर्माण÷ड्रागन विल्डर्स जेभी ललितपुर काडमाडौँसँग त्रिपक्षीय सम्झौता भएको थियो । 
 
यसरी सम्झौता भएको मितिले १८ महिनामा भवन निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि काम सम्पन्न हुन नसकेपछि जिविस रोल्पाद्वारा करिब छ महिना म्याद थप गरिएकोमा हालसम्म पनि क्याम्पस भवन हस्तान्तरण हुन सकेको छैन । 
 
जिविस रोल्पाका अनुसार रु चार करोड ४४ लाख ९३ हजार ७९ पैसाको लागतका लागि सम्झौता भएकोमा निर्माण कम्पनीले काम सम्पन्न गरेको चार वटा रनिङ बिलको आधारमा रु तीन करोड २९ लाख ५३ हजार ३५९ भुक्तानी लिइसकेको छ करिब रु एक करोड १५ लाख ३९ हजार ७२० बराबरको कम सम्पन्न हुन नसकेको अवस्थामा सर्वपक्षीय बैठक बसी काम सम्पन्न गर्नका लागि निर्णय गरेको हो । 
 
निर्माण व्यवसायीको ढिलासुस्ती र लापर्बाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका प्राचार्य कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । 
 
उनका अनुसार यसरी अलपत्र अवस्थामा रहेको भवनमा केही वर्ष पहिलेदेखि विद्यार्थीको दबाबका कारण कक्षा सञ्चालन हुँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ