ओलीलक्षित प्रचण्डको टिप्पणी- आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्क्याउने दिन अब छैन
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
2.4k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्क्याउने दिन अब नरहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले आफैँ आफ्नो पीठ थपथप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्क्याउने दिन नरहेको बताए । उनले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रूपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसद्मा छलफल गर्न सुझाव दिए । उनले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफैँ आफ्नो पीठ थपथप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्क्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रूपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसद्मा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गरौँ, हामी सहभागी हुन्छौ । संसद्मा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’
उनले संसद्मा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताए ।