arrow

साफ महिला च्याम्पियनसिप :सेमिफाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित

सावित्राले १ गाेल मात्रै गर्न सकिन्

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
nepali-women-football-team.jpeg

काठमाडौं । भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भारतसँग ३-१ ले पराजित भएकाे छ । भारत फाइनलमा पुगेकाे छ । कञ्चनजंघा रंगशालामा भएकाे खेलमा नेपालका लागि सावित्रा भण्डारीले मात्रै गाेल गर्न सकिन् ।

उनले ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् । भारतका लागि ४४औं मिनेटमा कमलादेवी र ५९ औं मिनेटमा भारती इन्दुमतीले गोल गरे । यस्तै, ८३औं मिनेटमा नेपालले तेस्रो गोल खायाे । भारतका लागि तेस्राे गाेल सस्मिता मल्लिकले गरिन् ।

याे सँगै नेपालले इतिहास रच्ने अवसर गुमाएकाे छ । यसअघि तीन पटक उपविजेता बनेकाे नेपाल याे पटक फाइनलमा समेत पुग्न सकेन । नेपालले अब तेस्राे स्थाना लागि खेल्ने छ । शतप्रतिशत नतिजा निकाल्दै समूह विजेता बनेकाे नेपालकाे याे पटक भारतसँग सेमिफाइनलमै भेट हुन पुग्याे ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई ९–० ले, भुटानलाई ८–० ले तथा श्रीलंकालाई १–० ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारत भने अर्को समूहको उपविजेता हो । प्रतियोगिताको अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।

खेल सकिएकाे छ । नेपाल ३-१ ले पराजित भएकाे छ ।

निर्धारित ९० मिनेटको खेल सकिएको छ । नेपाल ३–१ ले पछि ।

८३औं मिनेटमा नेपालले तेस्रो गोल खाएको छ ।सस्मिता मल्लिकले कर्नरमा गोल गरेकी हुन् ।

सावित्राले ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् ।

६३औं मिनेटको खेल सकिएको छ । भारत २–० ले अगाडि ।

५९ औं मिनेटमा भारती इन्दुमतीले गोल गरिन् । भारत २-० ले अघि ।

५५' साबित्रा भण्डारीलाई पहेलो कार्ड ।

५२ मिनेको खेल सकिएको छ । नेपाल १–० ले पछि छ ।

४६' दोस्रो हाफ सुरु भएको छ ।

४५‍-१' पहिलाे हाफ सकिएकाे छ  । भारत १-० ले अघि ।

४४' भारतले गाेल गरेकाे छ । भारतका लागि कमलादेवीले गाेल गरेकी हुन् ।

३९’ नेपालको अर्को संकट टर्यो । सस्मिताको प्रहार मनमायाल लिम्बुले गोललाइनबाट क्लियर गर्दै भारतलाई अग्रता लिनबाट रोकिन् ।

३५’ भारतीय डांङमी ग्रेसको प्रहार नेपाली गोलकिपर एन्जिलाको बचाउ

३४’ मनयमाया लिम्बुको फ्रिकिकलाई भारतीय गोलकिपर अन्जलीले रोकिन् ।

२५’ मन्जलीको पासमा सावित्राको फितलो प्रहार । अग्रता लिने मौका गुम्यो । खेल गोलरहित बराबरीमा जारी


१७’ भारतको लगातार दुई प्रहार । नेपाल जोगियो । सस्मिताको प्रहार बारमा लागेर फर्कियो त्यहि रिबाउन्डमा डांङमी ग्रेसको प्रहार पुनः बारमा लागेर फर्कियो ।

१६’ साबित्रा भण्डारीको प्रहार भारतीय किपरले रोकिन् ।

साफ च्याम्पियनसिपको समूह चरणमा १८ गोल गरेको नेपालले भारतविरुद्ध गोल गर्न सक्ला

७’ मिनेट भारतीय सष्सिता मलिकको प्रहार नेपाली गोलकिपर एन्जिलाले रोकिन्

१’–नेपाल र भारतबीच साफ च्याम्पिनसिपको पहिलो सेमिफाइनल सुरु भएको छ ।

सुरुआती ११
नेपालः– एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, सरु लिम्बु, साबित्रा भण्डारी

भारतः– अदिती चौहान (गोलकिपर), उमापती देवी, देवी लोइटोङबाम, मनीषा पाना, प्रेमी देवी, कमलादेवी, बाला देवी (कप्तान),सष्मिता मलिक , डांङमी ग्रेस, इन्दुमती, डालिमा



नयाँ