arrow

छोरा विदेशमा भएपछि बुहारीले गरिन् ससुराको किरिया

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Dang.jpg.jpeg
दाङ । तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि गौतमको किरियामा बसेकी छन् । 

गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमान् अशोक पण्डित स्व गौतमका एक मात्र छोरा हुन् जो हाल रोजगारीका सिलसिलामा मलेसियामा छन् । 

सात वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार समेत गरेकी सावित्राले समाजमा रहेको कुसंस्कृतिलाई तोड्दै आफू किरियामा बसेको बताईन् । 

उनकी सासूको भने पाँच वर्षअघि नै निधन भइसकेको छ । कोरावस्त्र पहिरेर किरियामा बसेकी सावित्राले ससुरालाई वैदिक परम्पराअनुसार बबईघाटमा दागबत्ती दिएर अन्त्येष्टि गरेकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ