सामाजिक सञ्जाल विधेयक फिर्ताको माग राख्दै प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
820
Shares
काठमाडौँ । सरकारले अध्यादेशबाट ल्याएको सामाजिक सञ्जाल विधेयक फिर्ताको माग राख्दै अनलाइन टीभी पत्रकार संघले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
आलोचना गर्ने अधिकार खोस्न पाइँदैन होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
संघका अध्यक्ष जीवन भण्डारीले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयकका कतिपय प्रावधानमाथि आफूहरुको आपत्ति रहेको भन्दै विधेयक नै फिर्ता लिनुपर्ने बताए ।