arrow

नेकपा एस गण्डकीमा नेपाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
krishna-bahadur-nepali.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्वाचित भएका छन् ।

सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले नेपालीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नेपाली यसअघि कमिटीको सचिव भएर काम गरेका थिए ।

अध्यक्ष पदमा नेपालीसहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतले चाहना गरे पनि अन्तिममा नेपालीलाई छाडेका थिए ।

यसैगरी उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा, सहसचिवमा टीकाराम पौडेल, विवेक भुजेल र सुष्मा काफ्ले छन् ।

निर्वाचितहरुलाई नेकपा एसका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ