arrow

भूकम्पले स्वास्थ्य चौकी र विद्यालयमा क्षति

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
bhaukampa.jpg.jpeg
बाजुरा । शनिबार विहान सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा केन्द्र विन्दु भएर गएको भूकम्पले केही स्वस्थ्य चौकी र विद्यालय भवन चर्किएका छन् ।  
 
शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा जगन्नाथ गाविस आसपास केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जगन्नाथ आसपासका क्षेत्रमा केही स्वास्थ्य चौकी र विद्यालय भवन चर्किएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्गम भेकमा सरकारी तथा सार्वजनिक भवन कमजोर संरचनाका हुने गरेका कारण चर्किएको हुन सक्ने अनुमान छ । 
 
भूकम्पको धक्काले बाजुराको बाह्रबिसे र ठुलसैनका केही घर समेत चर्किए खबर आएपछि प्रहरी टोली जिवरण संकलनमा जुटेको छ । घर पहिलेनै चर्किएका वा शनिबारको भूकम्पले चर्किएका भन्नेबारे विवरण संकलनपछि थाह हुने बाजुरा प्रहरीको भनाई छ । भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिमका अधिाशं जिल्लामा महसुस भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ