कैलाली । जापना कराँते डो. नान्बुकाई संघ नेपालको तेस्रो जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न भएको छ । झलारी नगरपालिकाको फुलेलीमा संचालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितमा दुई महिला र दुई पुरुष गरि चार जना खेलाडी बेष्ट फाईटर भएका छन् । २० केजी देखि २५ केजी तौल समुहका क्रितान्जली बोहरा, ४० देखि ४५ केजी समुहका जानकी भण्डारी, २५ देखि ३० समुहमा निश्चल नेपाल, ५० देखि ५५ केजी समुहमा सुबोध पौडेल बेस्ट फाईटरको ट्रफि जित्न सफल भएका थिए । बेस्ट रेफ्रि जिल्ला कराँते प्रशिक्षक गणेश बोहराले पाएका थिए ।
महेन्द्रनगर सेन्टर डोजो प्रथम, पहरिया दोस्रो र फुलेली डोजो तेस्रो भएको छ । पुष १७ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका युवा नेता तथा सात नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख ओम बिक्रम् भाट (सरल)ले गरेका थिए । विभिन्न राजनीतिक दल, संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतियोगितमा ३ सय ७५ खेलाडीहरुको सहभागिता रहेको थियो ।
कराते प्रतियोगिताको शोभा बढाईदिन संस्थापक अध्यक्ष÷प्रमुख प्रशिक्षक सिहान कृष्ण बहादुर राई र केन्द्रीय बरिष्ठ उपाध्यक्ष-कराँते सहायक प्रमुख प्रशिक्षक सिहान अभिषेक सिंह ‘‘गुरु”ले प्रतियोगितामा प्रमुख निर्णायक मण्डलमा बसेका थिए ।
त्यसैगरी समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज बोहरा, बिशिष्ठ अतिथीमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य तथा कराँते संघका जिल्ला संरक्षक दुुर्गा दत्त बोहरा, जिल्ला कराते संघका अध्यक्ष सिद्धराज बोहरा, बरिष्ठ उपाध्यक्ष निलम लेखक जोशी, झपि नपा नगर सभापति जय बहादुर बिष्ट माओवादी केन्द्रका नगर ईन्चार्ज, लाल बहादुर महरा, नेकपा एमालेका क्षेत्रीय सदस्य रामसिंह महरा, नयाँ शक्ति पार्टी नेपालका नगर ईन्चार्ज रुकुम सिंह ठगुन्ना, रेफ्रिमा गणेश बोहरा, बिन्दु मक्तान पदम टमटा, हरि भण्डारी, जगदिश टमटा, गोविन्द राम टमटा, थिए भने स्थानिय खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कराते संघका उपाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए ।