arrow

सहकारी ठगी मुद्दामा रवि लामिछाने पहिलो तारिख बुझ्न पुगे काठमाडौँ जिल्ला अदालत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
ravi-kathmandu-jilla-adalat.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । 

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार श्रीमती निकिता पौडेलसहित पुगेका हुन् ।

स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । 

रविलाई कास्की, काठमाडौँ, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अझै सानो पाइला सहकारीको मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता हुन बाँकी छ ।

उनले अहिलेसम्म २ करोड ७९ लाख धरौटी बुझाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ