arrow

मुलुकको हितका लागि ओलीको विकल्प खोज्नैपर्छः यादव

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
upendra-yadav.jpg.jpeg
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै भने,‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’ उनले थपे,‘ आफू छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेका छन् ।’

क्ल्बका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले बालुवाटार र बालुवाटार नेक्ससले ब्ल्याक ईकोनोमिबाट कमाईरहेकोेले समस्या समाधान गर्न नचाहिरहेको आरोप लगाउँदै बालुवाटार अहिले कालावजारीबाट लाभ लिईरहेकोले त्यसैलाई उपलब्धि ठानिरहेको बताए ।  अध्यक्ष यादवले आरोप लगाउँदै भने,‘सरकार आन्दोलन लामो होस भन्ने चाहन्छ । वीरगञ्ज बाहेकका नाकाबाट सयौ टयाङकर र बुलेट आउँछन, बिराटनगरसहितका ठाँउमा तेल राख्ने ठाँउ छैन ती तेल सबै ब्लाक मार्केटमा जान्छ । सरकार यसैमा लाईरहेका छ ।’

उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गर्दै भने,‘ जव जव समस्या समाधान तिर जान्छ तब तब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन । मधेसी जनतालाई जनावर जस्तो गैरजिम्मेवार भाष बोल्नु प्रधानमन्त्री पदकोलागि सोभनीय हुँदैन । सडकका जस्तो भाषा प्रधानमन्त्री बोल्छन ।’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अतिबादले समस्या पारेको हो ? भनि सोधिएको प्रश्नमा उनले उत्तर र दक्षिणबाट आएको अतिबादीले देशको हिन नहुने स्पष्ट पार्दै भने,‘ एउटा अति राष्ट्रबाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ । यसले जनतावीचको दुरी बढाउँदै छ । यो दुबै खाले चिन्तन असह्य हुँदैछ । यसले मुलुकको हित गर्दैन । अन्ध राष्ट्रबादले केही दिन जनतालाई फकाउन त सकिन्छ तर यथार्थ बुझेपछि जनता आन्दोलनमा आउँछन ।’

अध्यक्ष यादवले मधेसमा भईरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गरे ।  विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने भएपनि पटक पटक धोका पाईकेकोले विश्वास गर्ने आधार नभएको तत्काल समाधान हुनु पर्ने अडान ब्यक्त गर्दै उनले राजनीतिक समाधान किस्ताबन्दी र सेमेष्टर प्रणालीमा हुन्छ ? भनि प्रश्न गरे । उने भने,‘पछि गरौला भनेर टार्ने काम भईरहेको छ । धेरै सहमति कार्यान्वयन नभएकोले विश्वास छैन । पहिला विश्वासको आधार हुनु बन्नु पर्छ ।’

अध्यक्ष यादवले मधेस आन्दोलन समस्या नभई समाधान भएको भन्दै यसमा कुनै समूदायले हार्ने र कुनै समूदायले मात्रै जित्ने नभई सबैले जित्ने दावी गरे ।  उनले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत नहट्ने स्पष्ट पार्दै तराईसँग आन्दोलनको विकल्प नै नभएको तर्क गरे । उनले भने,‘राज्य संबेदनशिल नभएकोले नयाँ आन्दोलन गर्नु परेको हो ।’

मधेसको माग न्यायोचित रहेकोले त्यसलाई समाधान गर्नु पर्छ भन्ने निष्कर्सका साथ काग्रेससँगको बार्ता राम्रो भएको भएको उल्लेख गर्दै अध्यक्ष यादवले बातावरण बनेको बेला विथोल्न कुनै घटना घटाउने गरिएको प्रति चिन्ता ब्यक्तगरे ।  उनले भने,‘ प्रमुख प्रतिपक्षीले मधेस आन्दोलनको मागलाई जायज भनेको छ तर प्रधानमन्त्री अतिबादी भएर हिडीरहेका छन । ’

अध्यक्ष यादवले बहुभाषिक नीति लागु गर्नु पर्नेे, पहिचानको आधारमा कल्ष्टर अनुसार सीमांकन सच्याउनु पर्ने, नागरिकताको ब्यवस्था सच्याउनु पर्ने,समावेशी समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने भन्दै नगर र जिल्लालाई आधार बनाउने कुराले समस्या आएको बताए । उनले राष्ट्रपति जाँदा जनकपुरमा भएको घटनाले आफूलाई समेत दुख लागेको भन्दै त्यस्तो घटना हुन नहुने थियो पनि धारणा राखे । 

छिमेकीसँगको सम्बन्ध परास्परिक विश्वास र समानताको आधारमा हुनु पर्ने भन्दै उनले छिमेकीसँग राम्रो सम्बन्ध भए नेपाली पनि राम्ररी बस्न सक्ने तर्क गरे ।  भारतले नाकाबन्दी खोल्नुस भनेर पठाएको हो ? भनि राखिएको जिज्ञासामा उनले आफूहरुले मधेस आन्दोलनको विषयमा व्रिफिङ्ग मात्रै गरेको सुनाउँदै बाँकी कुराको जानकार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई जानकारी हुने भएकोले उहाँलाई नै सोध्न आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ