arrow

एसका पोलिटब्युरो सदस्य सापकोटाको अन्तिम श्रद्धाञ्जली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
sapkota-dead.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ । 

बिहीबार निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो । 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । 

५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । 

श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरूमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ