arrow

भूकम्प पीडितले तीन लाख पाउने पक्का, बाचा पुर्‍याउँदै प्रधानमन्त्री

logo
प्रकाशित २०७३ पुष २० बुधबार
reconstruction-authority.jpeg.jpeg

काठमाडौं । सरकारले परिमार्जित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान वितरण कार्यविधि प्रमाणित गरेपछि भूकम्पपीडितले तीन लाख पाउने पक्का भएको छ । गएको साउन १९ गते पुष्पकमल दाहाल  प्रधानमन्त्री भएपछिपछि पीडितलाई एक लाख थप गरी तीन लाख अनुदान दिने प्रतिवद्धता जनाएका थिए । गत कात्तिक र मङ्सिरमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्रतिवद्धतालाई निर्णयमा बदलेको थियो।

प्राधिकरण निर्देशक समितिको बैठकको निर्णयलाई गत विहिबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। स्वीकृत निर्णय आज प्रमाणित भएपछि भूकम्पपीडितले तीन लाख पाउने गरी कार्यविधि तयार भएको प्राधिकरणका प्रवक्ता भीष्मकुमार भुषालले जानकारी दिए।

“यसअघिको कार्यविधिमा पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता ८० हजार र तेस्रो किस्ता ७० हजार रुपैयाँ गरी दुई लाख दिने व्यवस्था थियो, अहिलेको कार्यविधिमा पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाख दिने व्यवस्था छ” – उनले भने।

भूकम्पले क्षति पुगी मर्मत सम्भार एवम् प्रबलीकरण ९रेक्टोफिटिङ० गरी बस्न सकिने घरलाई एक लाख अनुदान दिने व्यवस्था परिवर्तित कार्यविधिमा छ। भूकम्पले घर पूर्ण क्षति भई पुनःनिर्माण गरिसकेका घरधनीलाई एकमुष्ट अनुदान तीन लाख रुपैयाँ वितरणका लागि प्राविधिक परीक्षण निर्देशिका समेत बनेको प्रवक्ता भुसालले बताए।

पुनःनिर्माण भइसकेका घर भूकम्प प्रतिरोधी भएको सिफारिस सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट खटिएका इन्जिनियरले गरेपछि तीन लाख एकमुष्ट दिइने निर्देशिकामा उल्लेख छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ