arrow

रौतहटमा गोली चल्यो, आन्दोलनमा आबद्ध विद्यार्थी मारिए

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Rautahat-Map.jpg.jpeg
काठमाडौं । रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर १७ वर्षका शेख तवरेजको मृत्यु भएको छ । वीपी चोकमा भएको झडपमा गोली लागी तेजापाकड निवासी तवरेजको मृत्यु भएको हो । उनको दाहिने कोखामा गोली लागेका उनको जिल्ला अस्पतालमा गौरमा उपचारका क्रममा मृत्यु भएको हो । शेख जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए ।
 
रौतहटको सदरमुकाम गौर अशान्त छ । शनिवार दिनभर जसो तनावग्रस्त भएको गौरमा आइतबार ९आज० बिहानैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन, आगजनी र तोडफोडका गतिविधि गरेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शन चर्र्किएपनि बजारमा प्रहरीको उपस्थिती छैन । मोर्चाका कार्यकर्ताले बिहानैदेखि नीजी तथा सार्वजनिक सवारी साधन चल्न दिएका छैनन् । मोर्चा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गौरमा बिहानै दुईवटा मोटरसाइकल तोडफोड गरे । आन्दोलनकारी बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ