संशोधनसहित फिर्ता आएका तीन विधेयकमा राष्ट्रिय सभाको सहमति
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
2.5k
Shares
काठमाडौँ । प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सभाको आइतबारको बैठकमा यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै, प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।