arrow

नारायणगोपालका तस्बिर माघमा प्रदर्शन हुने

logo
रासस,
प्रकाशित २०७२ पुष ५ आइतबार
narayan-gopal-expo.jpg
काठमाडौं। स्वरसम्राट् नारायणगोपालका विभिन्न समयका तस्बिर आगामी माघको पहिलो हप्ता यहाँ प्रदर्शन हुने भएको छ। सांस्कृतिक सङ्ग्रहालय नेपालको आयोजनामा माघ १ देखि ५ गतेसम्म नेपाल कला परिषद्मा सो प्रदर्शनी हुन लागेको हो। नारायणगोपालको २५ औँ स्मृति दिवसको विशेष अवसर पारेर उनीसँग सम्बन्धित तस्बिर, दस्तावेज र जानकारीमूलक सामग्री प्रदर्शन गर्न लागिएको सांस्कृतिक सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले जानकारी दिए।
 
उनले नारायणगोपालका बाल्यकाल, जवानी, श्रीमती पेमला, विदेश भ्रमणमा जाँदाका तीन सयभन्दा धेरै तस्बिरका साथै विभिन्न पत्रपत्रिकामा छापिएका अन्तर्वार्ता, उनलाई उपहार दिएका चित्रकला, उहाँले बजाउने गरेका बाजागाजा र उनले पाएका सम्मान पनि प्रदर्शनीमा राखिनेछ। 
 
स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति दिवस मङ्सिर १९ गते परे पनि मुलुकमा देखिएको अप्ठ्यारो परिस्थितिका कारण केही ढिला गरी तस्बिर प्रदर्शन गर्न लागिएको जनाइएको छ। उनले प्रदर्शनीका लागि अहिले नारायणगोपालका तस्बिर खोजी भइरहेको बताए। यसअघि सङ्ग्रहालयले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र मदन भण्डारीका तस्बिर प्रदर्शनी गरिसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ