arrow

तबरेज मृत्युले गौर थप अशाान्त, मोर्चा कार्यकर्ता हिंस्रक, स्थिति शान्त पार्न अनिश्चितकालिन कर्फ्यु

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
rautahat-2.jpg.jpeg
रौतहट । गौर आन्दोलन उश्रृखल बनेकामा जिल्ला प्रशासन कार्यालयले अपरान्ह  बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । संयुक्त मधेसी मोर्चा र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएपछि प्रशासनले सुरक्षा चुनौतीलाई लक्षित गरी कर्फ्यु जारी गरेको हो । 
 
स्थानीय प्रशासनले गौरको पूर्वतर्फको बडहरवा पुल र पश्चिमको टिकुलीया गाउँदेखि पूर्व, उत्तरमा नयाँ बसपार्क र दक्षिणमा भन्सार नाकासम्म कर्फ्यु लगाएको रौतहट प्रहरीले जनाएको छ । झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजलाई गोली लागेको हो । उनको मृत्युपछि गौर थप तनावग्रस्त बनेको छ । 
 
आन्दोलनकारीले गौरको बिपी चोक, जिल्ला प्रशासन कार्यालय चोक, कविर चोक, ट्रान्सफर्मर चोकमा प्रहरीलाई ढुङ्गा मुढा गरेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी पेट्रोल बम, खाली सिसी र ढुङ्गा प्रहार गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि गौर बजार सुनसान भएको छ । 
 
आन्दोलन हिंसात्मक बनेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको रौतटहका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए । हिंसात्मक आन्दोलनले घट्ने संभावित घटनाक्रमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको बरालको भनाई छ । शनिवार दिनभर तनावग्रस्त भएको गौर आइतबार आतंकित बन्यो । अर्को आदेश जारी नभए सम्मका लागि निषेधाज्ञा जारी रहने स्थानीय प्रशासनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ