arrow

वीरगन्जमा झडपका कारण जनजीवन त्रसित, बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलमा तोडफोड

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Birgunj_aandolan_1.jpg.jpeg
वीरगन्ज । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो १२ बजेदेखि पटकपटक झडप भइरहँदा वीरगन्ज तनावग्रस्त भएको हो । 
 
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि वीरगन्जको घन्टाघर, बसपार्क, मुर्लीचोक, पावरहाउ चोक, राधेमाई चोक, रानीघाटलगायत बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगन्ज बजार बन्द गराएका छन् । 
 
बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगन्जको घन्टाघरमा ना१ह ९३३ र ना१ह ६६८ नम्बरको ट्याम्पो तथा ना८प १८९०, बा१६च ४४८६ र ना१प ७७२८ नम्बरको मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताउनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ