arrow

सशस्त्र प्रहरीका कामु प्रहरी महानिरीक्षक राईलाई दज्र्यानी चिह्न प्रदान

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
Durja-Kumar-Rai.jpg.jpeg
काठमाडौँ। सशस्त्र प्रहरी बलका कायममुकाम प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले राईलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । सो अवसरमा मन्त्रालयका र सशस्त्र प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गतेको निर्णयले राईलाई सशस्त्र प्रहरीको कामु महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो । 
 
आज पद बहाली गर्नु भएपछि महानिरीक्षक राईले राष्ट्र र आम नागरिकको सेवा र सुरक्षामा पेसागत इमान्दारिताका साथ कर्तव्यनिष्ट रही जनताले प्रत्यक्ष महसुस गर्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन दत्तचित्त रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँ २०४३ साल फागुन ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नु भई २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा सेवा परिवर्तन गर्नुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ