काठमाडौँ । भारतको बिहारमा चालीस करोड रुपैयाँको गहना लुटिएको छ । बिहारको आरास्थित गोपाली चोकमा रहेको तनिष्क शोरुमबाट ६ लुटेराले भारु २५ करोड (नेपाली ४० करोड) को गहना लुटेर लगेका हुन् ।
लुटेराहरुलाई पक्रन प्रहरीले गोली प्रहार गरेसँगै दुई जनाको खुट्टामा गोल लागेर पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई ओटा ब्याग बरामद भएको छ ।
चार लुटेराहरु गहना लिएर भागेका छन् । उक्त ज्वेलरीका ब्यवस्थापकका अनुसार उक्त ज्वेलरीमा ८० करोड नेपाली रुपैयाँका गहना रहेका थिए ।
ती बदमासहरु तीन ओटा मोटरसाइकलमा सोमबार बिहान १०ः३० बजे आएका थिए । उनीहरुले बाहिर बसेका गार्डमाथि कुटपिट गर्दै हतियारसमेत लुटेर लगेका थिए ।
उनीहरुले शोरुमभित्र छिरेर शटर भित्रबाट बन्द गरी करिब २२ मिनेटसम्म दुवै फ्लोरमा लुटपाट गरेका थिए ।
चार जनाको खोजी जारी रहे पनि प्रहरीले अझै पक्रन सकेको छैन ।